Logo बुधवार, श्रावण १३ गते २०८३
images

कोहलपुरमा बस र टिप्पर ठाेक्किए,५ जनाको मृत्यु

कोहलपुरमा बस र टिप्पर ठाेक्किए,५ जनाको मृत्यु

  • 1.9K
    SHARES

  • कोहलपुरमा  बस र टिप्पर ठाेक्किए,५ जनाको मृत्यु

    बुटवल,बैशाख ४-

    कोहलपुरमा शुक्रबार साँझ सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने बसमा सवार ३० जना बढी घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    कोहलपुर नगरपालिका रोहिणी खोला नजिकै यात्रुवाहक बस र टिप्पर एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । साँझ सवा ६ बजेको समयमा मे १ख ३३४७ नम्बरको बस र टिप्पर एक आपसमा ठोक्किका हुन् । प्रहरीका अनुसार उक्त बसमा ४० बढी जना यात्रु रहेका थिए ।

    सुर्खेतबाट धरानतर्फ जाँदै गरेको बस र बालुवा लोड गरेर कोहलपुरतर्फ आउँदै गरेको टिप्पर एक आपसमा जुँधेका थिए ।

    घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । चारजना मृतकको सनाखत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा टिप्परका सहचालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छन् ।उनीहरु दुवै कोहलपुर १२ बस्दै आएका थिए ।

    सुर्खेत घर भएका ४१ वर्षीय जीवन कुमार बिक र झापाको मेची नगपारपालिका १० घर भएका छत्रबहादुर कटुवाल छन् । दुर्घटना ज्यान गुमाएकी करिब ३५ वर्षीया महिलाको पहिचान खुल्न बाँकी छ ।

    दुर्घटनामा परेर ७ जना गम्भीर घाइते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology