Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुग्याे,९ सय जनालाई कोरोना पुष्टि

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुग्याे,९ सय जनालाई कोरोना पुष्टि

  • 3.4K
    SHARES

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुग्याे,९ सय जनालाई कोरोना पुष्टि

    बुटवल,बैसाख ३ - 

    पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै मोरङमा २० जना, धनुषामा १० जना, पर्सामा ३० जना, काठमाडौँमा २८६ जना, चितवनमा २२ जना, भक्तपुरमा १९ जना, ललितपुरमा ४३ जना, कास्कीमा ४६ जना, दाङमा २१ जना, बांकेमा १३३ जना, रुपन्देहीमा ४३ जना र कैलालीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रबार २ सय ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ।हाल देशभर ५ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्।

    देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ ।   

    अर्घाखाँची सितगंगाकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology