बुटवल भदाै २९-
रुपन्देहीमा .२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलकाे कोरोना विशेष अस्पताल र भैरहवाकाे भीम अस्पतालमा उपचाररत कपिलवस्तु शिवराज नगरपालिका ५ का २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा बुटवलमा उपचाररत कपिलबस्तु् शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिला हुन् भने भीम अस्पतालमा ज्यान जानेमा शिवराज ५ का ५८ वर्षीय पुरुष रहेका छन् ।कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका डा सुदर्शन थापाले जानकारी दिए।
यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसीयूमा राखेर उपचार गरिएकाे भीम अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले बताए ।
भीम अस्पतालमा उपचार गराइरहेका पुरुष बुटवल १२ बेलवासमा बस्दै आएका थिए। अहिले भीम अस्पतालमा २० जना आइसोलेशनमा उपचाररत छन् भने ३ जना आइसीयूमा छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)