Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चीनको अर्थतन्त्र गतबर्षभन्दा १८.३ प्रतिशतले बढ्याे

चीनको अर्थतन्त्र गतबर्षभन्दा १८.३ प्रतिशतले बढ्याे

  • 2.7K
    SHARES

  • चीनको अर्थतन्त्र गतबर्षभन्दा १८.३ प्रतिशतले बढ्याे

    बेइजिङ, वैशाख ३-

    वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र पोहोरभन्दा १८.३ प्रतिशतले बढेको छ।

    चीनको राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ को  पहिलो तीन महिनामा चिनियाँ अर्थतन्त्र पोहोर साल यही अवधिको भन्दा १८.३ प्रतिशतल बढेको देखिएको छ।

    पोहोर सालम कोरोनाभाइरसको महामारीका कारण  वर्षको पहिलो तीन महिना चिनियाँ अर्थतन्त्र नराम्ररी प्रभावित भएको थियो। २०२० को पहिलो त्रैमासमा पहिलो पटक चिनियाँ अर्थतन्त्रमा ६.८ प्रतिशतको गिरावट आएको थियो।

    विस्तारै गति लिन थालेको चिनियाँ अर्थतन्त्र गत वर्ष सकरात्मक वृद्धिदर भएको विश्वको एकमात्र ठूलो अर्थतन्त्र बन्यो।

    कोरोनाभाइरसको नियन्त्रणसँगै देशभित्र र बाहिर बढेको चिनियाँ सामानको मागले यो वर्ष चिनियाँ अर्थतन्त्रले लय समातेको हो।

    एजेन्सी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology