Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकी प्रदेशमा लफडा : कांग्रेस,माओवादी केन्द्रसहितका दलद्वारा विशेष अधिवेशन आह्वान

गण्डकी प्रदेशमा लफडा : कांग्रेस,माओवादी केन्द्रसहितका दलद्वारा विशेष अधिवेशन आह्वान

  • 3.1K
    SHARES

  • गण्डकी प्रदेशमा लफडा : कांग्रेस,माओवादी केन्द्रसहितका दलद्वारा विशेष अधिवेशन आह्वान

    बुटवल,बैशाख २ । 

    गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन्। प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि अन्य दलले विशेष अधिवेशन आह्वानको माग गरेका हुन्।

    विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिने उनीहरूले निर्णय गरेका छन्। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु विशेष अधिवेशन आह्वानको निर्णय गरी प्रदेश प्रमुखलाई भेट्न गएको बुझिएको छ। 

    ‘प्रदेश सभाको चालु अधिवेशन हठात अन्त्य गरिएको हुँदा प्रदेश सभा सचिवालयमा आजै दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुन नसक्ने हुँदा नेपालको संविधानको धारा १८३ को उपधारा बम्मोजिम विशेष अधिवेशन बोलाउन माग गर्दछौ’ प्रदेश प्रमुखलाई बुझाउन तयार पारिएको पत्रमा भनिएको छ। 

    नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेससभा सदस्यहरूले हस्ताक्षर गरी बिहीबार मुख्यमन्त्री विरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ।

    हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १४, माओवादी केन्द्रका ११ र जसपाका दुई जना सदस्य छन्। गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका दुईरदुई ज‍ना स्वतन्त्र सांसद छन्। गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology