Logo बुधवार, श्रावण १३ गते २०८३
images

अब उनीहरुले कहिल्यै भगवानसँग आर्शिवाद माग्ने छैनन् !

अब उनीहरुले कहिल्यै भगवानसँग आर्शिवाद माग्ने छैनन् !

  • 4.5K
    SHARES

  • अब उनीहरुले कहिल्यै भगवानसँग आर्शिवाद माग्ने छैनन् !

    जनार्दन घिमिरे/गुल्मी,वैशाख २ ।

    ‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,

                                     इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,

                                                 आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो, 


    माथिका यी श्लोकहरु स्वर्गीय कवि लेखनाथ पौडेले काल महिमा नामक कवितामा उद्घोष गरेका मावन जीवनको तीतो यथार्थताको प्रतिविम्ब हो ।

    उर्वर जीवनको गोरेटोमा लम्कदै जाँदा विभिन्न आरोह र अवरोहहरुलाई चिर्दै र निचोर्दै सुन्दर र सुनौलो भविष्यको लक्ष्मण रेखाहरु कोर्दै गर्दा दैवले यसरी वीच वाटोवाटै कलकलाउँदा मुनाहरुलाई टपक्क टिपेर लौजला भन्ने कस्लेपो कल्पना गरेको थियो र ! तर दैवको अगाडि कसैको केही लाग्दो रहेनछ भन्ने तितो यथार्थलाई गुल्मेली जनताहरुलाई बुधवार नचाहाँदा नचाहँदै पनि जबरजस्त स्वीकार्न विवश बन्नु पर्यो । 

    नयाँ वर्षको नयाँ उमंगसँगै भालेको पहिलो डाँकोमा उठेर तीनै भगवानसँग आफ्नो सुनौलो भविष्यका खातिर आशिर्वाद थाप्नका लागि स्वर्गद्वारी हिडेका जिल्ला प्रशासन कार्यालय गुल्मीका होनाहार राष्ट्रसेवकहरु सवार गाडि मन्दिर नजिकै  पुग्दा दुर्घटनामा पर्यो । स्वर्गद्वारीमा भगवानको आर्शिवाद थाप्न नपाउँदै जीपमा सवार मध्यका पाँच जना सदाका लागि वीच बाटोवाटै कहिल्यै कसैसँग भेट नहुनेगरि अलप बनेर गए । अब तिनीहरुले कहिल्यै ती भगवानलाई न त सराप्ने नै छन् न त आर्शिवाद देऊ भनेर सताउने छन ? 

    गुल्मीले बुधवार चारजना होनहार राष्ट्रसेवकहरुलाई अल्पायुमै गुमाएपछि यतिवेला सिंगो जिल्ला शोकमग्न र भावविह्वल छ । जीप दुर्घटनामापरि ज्यान गुमाएकाहरुको शव विहिबार अपरान्ह गुल्मी आई पुगेको थियो । उक्त शवहरु जिल्ला प्रशासन कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखियो ।

    श्रद्धाञ्जली दिनका लागि मानिसहरुको बाक्लो उपस्थिति थियो । कार्यालय परिशरमा क्रमैसँग राखिएका शव र ती शवहरुमाथि राखिएका मृतकका सुन्दर र हँसिला तस्वीरहरुले त्यहाँ उपस्थि तबनेका जो कसैलाई पनि बोलाई रहेको र हाँसिरहेको जस्तो आभाष गराएको थियो । gulmi3_death.jpg
    शव माथि राखिएका तस्वीरहरुले श्रद्धाञ्जली दिन जाने जोकोहीका पनि आँखा रसाउन विवश थिए । अघिल्लो दिनसम्म कार्यालयमा सँगै काम गरेका आफ्नै सहकर्मीहरुलाई आफ्नै हातवाट अन्तिम श्रद्धाञ्ली दिँदै गर्दा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको मुटु श्रद्धाञ्ली कार्यक्रममा भक्कानिएको थियो । 

    एकै पटक एउटै घटनामा कार्यालयका खरिदारदेखि अधिकृतसम्मका चार जनालाई एकै पटक गुमाउनुको पीडाले उहाँको मानसपटलमा यो घटनाले कहिल्यै नमेटिने गहिरो छाप पारेको छ । श्रद्धाञ्जली दिन मृतकका आफन्तदेखि जिल्ला स्थीत राजनैतिकदलहरु, नागरक समाज, कार्यालयका कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र आम शुभचिन्तकहरुको बाक्लो उपस्थीतिले सबैलाई स्तव्ध बनाएको थियो ।

    श्रद्धाञ्जली कार्यक्रममा लाग्दथ्यो अन्तर हृदयवाट कसैले पनि मृत्युलाई सहजै स्वीकार्न सकिरहेका थिएनन् । आफ्नो छोराको मृत्युको खबर कसैले पनि सहजै सुनाउने आँट गर्न नसकेका कम्युटर अपरेटर सुर्य पन्थीकी आमा अम्बिका पन्थीले वेलुकीा टेलीभिजनमा समाचार हेरेपछि मात्र दुर्घटनामा छोराको मृत्युको खबर पाउनु भएको थियो । घटनाको बारेमा मृतकका परिवारका केही सदश्यहरुलाई धेरैले पछि मात्र जानकारी गराएका थिए । मृतकका आफन्तहरु कार्यालय परिशरमै आएर भक्कानिदैं अन्तिम श्रद्धाञ्जली अर्पण गर्दा धेरैले आँशु सम्हाल्न सकेनन् । 

    प्यूठानमा बुधबार भएको जिप दुर्घटनामा परि ज्यान गुमाएका राष्ट्र सेवकहरुको शोकमा विहिबारदेखि वैशाख ६ गते सोमबारसम्मका लागि जिल्ला प्रशासन कार्यालयमा शान्ती सुरक्षा र मुद्धा सम्बन्धिका कामकाज वाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्यूटर अपरेटर सुर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्किको जीप दुर्घटनामापरि ज्यान गएपछि प्रशासनले विहिबार एक विज्ञप्ती जारी गरि मृतकहरुको शोकमा सेवा प्रवाह संचालन नगर्ने निर्णय गरेको हो ।

    नयाँ वर्षको अवशरमा बुधबार गुल्मीको सदरमुकाम तम्घासवाट स्वर्गद्धारी दर्शनका लागि चार जना बच्चा,  ११ जना कर्मचारीहरु र चालक सहित अन्य दुई गरि १७ जना सवार लु १ ज १६५५ नम्बरको जीप प्यूठान नगरपालिका ३ रुमाले नजिकै दुर्घटना भएको थियो ।

    दुर्घटनामापरि घाईते बनेका ७ जनालाई बिहिबारनै हेलीकप्टर मार्फत उपचारका लागि काठमाण्डौ लगिएको थियो भने अन्य पाँच जना सामान्य उपचारपछि घर फर्कि सकेका छन् । दुर्घटनाका मृतक पाँचै जनाको शवलाई जिल्ला प्रशासन कार्यालयले आफन्तहरुको जिम्मा लगाई सकेको छ । 

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology