Logo बिहिवार, आश्विन १ गते २०८३
images

विद्यार्थीलाई स्कुल नजान सरकारको आग्रह,देशभरका १४ जिल्ला कोरोना जोखिमयुक्त !

विद्यार्थीलाई स्कुल नजान सरकारको आग्रह,देशभरका १४ जिल्ला कोरोना जोखिमयुक्त !

  • 4.7K
    SHARES

  • विद्यार्थीलाई स्कुल नजान सरकारको आग्रह,देशभरका १४ जिल्ला कोरोना जोखिमयुक्त !

    बुटवल,बैशाख २ ।

    देशभरका १४ जिल्लालाई कोरोना जोखिमयुक्त भन्दै सरकारले विद्यार्थीलाई स्कुल नजान आग्रह गरेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै उपत्यकाका ३ वटासहित अतिप्रभावित भनी वर्गीकरण गरेकाका जिल्लाहरूमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ।

    ती जिल्लाहरूमा उपत्यका सहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ छन्। ती स्थानमा ७ बजेपछि होटल तथा रेष्टुरेन्टमा सहभागी नहुन पनि मन्त्रालयले आग्रह गरेको छ।  

    मन्त्रालयले यी जिल्लाका विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नहुन आग्रह गरेको छ।

    यस्तै सबै अस्पतालले अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गराउनुपर्ने तथा कोभिड–१९ परीक्षणका लागि नमुना संकलन तथा परीक्षणको व्यवस्थापन गर्न आग्रह गरिएको छ। ‍होटलहरुमा पनि आगन्तुकलाई पिसिआर परीक्षण गरेर मात्रै बस्न दिन मन्त्रालयले आग्रह गरेको छ।

    यसैबीच कोरोना संक्रमित संख्या बढेसँगै सरकारले सबै खालका सरकारी अस्पतालाई ५० प्रतिशत बेड कोरोना संक्रमितको उपचारमा छुट्याउन पनि आग्रह गरेको छ। school.jpg

     

     

    school2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology