Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दुबै मृगौला फेल भएका तामाङलाई  एसएसजी नेपालद्वारा १ लाख २० हजार आर्थिक सहयोग

दुबै मृगौला फेल भएका तामाङलाई  एसएसजी नेपालद्वारा १ लाख २० हजार आर्थिक सहयोग

  • 3.0K
    SHARES

  • दुबै मृगौला फेल भएका तामाङलाई  एसएसजी नेपालद्वारा १ लाख २० हजार आर्थिक सहयोग

    बुटवल,बैसाख २-

    टिकटक गुप्र सामाजिक साहायता नेपाल ( एसएसजी नेपाल) ले दुबै मृगौला फेल भएर उपचाररत एक बिरामीलाइ आर्थिक सहयोग प्रदान गरेको छ ।  धादिङ गल्छी गाउँपालिका वडा नं ५ का २३ बर्षिय दिप बहादुर तामाङलाई एसएसजी नेपालले आर्थिक सहयोग प्रदान गरेको हो  ।

    देश तथा विदेशमा रहेका सहयोगी हातहरु र विभिन्न संघ संस्थाहरुबाट संकलन गरिएको रु एक लाख २० हजार रकम दिप बहादुर तामाङलाई हस्तान्तरण गरिएको एसएसजी नेपालका अध्यक्ष टिका तिमल्सिनाले नागरिक अनलाइनलाइ बताए । 

    हाल टिचिङ अस्पतालमा महाराजगञ्ज काठमाण्डौमा उपचाररथ तामाङलाई एक मृगौला प्रत्यारोहणका लागि आर्थिक सहयोग संकलन थालिएको उनकी आमा सानुमाया तामाङले बताइन् ।

    हालसम्म एक लाख ५० हजार सहयोग उठेको उनले सुनाइन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले पनि सहयोगको अभियान थालिएको हो । गाउँमा आर्थिक उपार्जन गर्ने कोही नभएको, परिवारको जेठो सन्तान नै बिमारी परेकाले निकै कठिनाइ आइ परेको उनले बताइन् ।

    यद्यपी विभिन्न संघसस्था तथा व्यक्तिहरुले सहयोग गरेको कारण छोरालाई बचाउन सकिन्छ कि भन्ने आश पलाएको उनको भनाइ छ  ।

    एसएसजी नेपालले यसअघि चैत्र २२ गते गाेर्खा घर भइ काठमाडाैँ धापासी बस्ने २२ बर्षिया शिलास गुरुङलाइ पनि ८१ हजार नगद हस्तान्तरण गरिएको  उपाध्यक्ष विश्वनाथ खत्री ( बिएन)ले बताए ।

    गुरुङलाई अप्लास्टीक अनेमिया ( रगत नबन्ने राेग) थियाे ।उनलाई  उपाध्यक्ष विश्वनाथ खत्री ,महासचिब गणेश सेन्चुरी,सहसचिब कुल बहादुर श्रेष्ठले नगद हस्तान्तरण गरेका हुन्। एसएसजीले असअघि पनि बिभिन्न स्थानमा आर्थिक सहयोग अभियाननै संचालन गरेको उनलेे बताए । 

    सामाजिक सहायता समुह नेपालद्वारा विपिनको परिवारलाइ ८१ हजार१२० रुपैँया आर्थिक सहयोग हस्तान्तरण

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology