बुटवल,वैशाख १ ।
नँया वर्षको पहिलो दिन बुधबार पाल्पाको सिद्धबाबा मन्दिरमा बिहानैदेखि भीड लागेको छ । तिनाउ गाउपालिका–३, दोभानस्थित सिद्धार्थ राजमार्गको छेउमा रहेको मन्दिरमा दर्शन गर्न रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तुबाट दर्शनार्थीको बिहानैदेखि घुँइचो लागेको हो ।
नयाँ वर्षको पहिलो दिन बुधबार बिहान उज्यालो नहुँदै देखि मन्दिरमा दर्शन गर्न आउनेको घुँइचो लागेको मन्दिर व्यवस्थापन समितिका विष्णु प्रसाद पाण्डेले बताए ।
सिद्धबाबा मन्दिरमा शनिबार र सोमबार बढी भीड लाग्ने विष्णुप्रसाद पाण्डेयले नागरिक अनलाइनलाइ बताए । विशेष गरी महाशिवरात्रीमा दर्शनार्थीको थेगी नसक्नु भीड हुन्छ ।
राजमार्गमा लामो लाइन लागेर सिद्धबाबा मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए । नया वर्षको पहिलो दिन पाल्पाकै भैरवनाथ मन्दिर, भगवती मन्दिर, प्रभास, रम्भा देवी लगायतका मन्दिरमा समेत बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)