Logo बिहिवार, आश्विन १ गते २०८३
images

आजबाट बिक्रम संवत् २०७८ शुरु

आजबाट बिक्रम संवत् २०७८ शुरु

  • 2.7K
    SHARES

  • आजबाट बिक्रम संवत् २०७८ शुरु

     बुटवल,वैशाख १ ।

    आजबाट बिक्रम संवत् २०७८ को नयाँ वर्ष शुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

    गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।

    गत वर्ष बन्दाबन्दीका कारण घुमफिर गर्न नपाएका नेपाली यस वर्ष भने पर्यटकीय क्षेत्रमा पुगेका छन् । सिद्धबाबा,पोखरा, सौराहा, धुलिखेल, नगरकोटलगायत स्थानमा नयाँ वर्ष मनाउन पुगेकाहरु देखिन्छन् ।

    नयाँ वर्षको पहिलो दिन काठमाडौं उपत्यकाका मन्दिरहरुमा पूजा गर्नेहरु पनि उल्लेख्य देखिन्छन् । यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology