Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अबदेखि पीसीआर परीक्षण शुल्क २ हजार मात्रै

अबदेखि पीसीआर परीक्षण शुल्क २ हजार मात्रै

  • 4.0K
    SHARES

  • अबदेखि पीसीआर परीक्षण शुल्क २ हजार मात्रै

    बुटवल भदाै २८-

    सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ।  स्वास्थ्य मन्त्रालयकाअनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो । 

    आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए । 

    सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन पाउने छैनन् ।  


    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology