Logo बिहिवार, आश्विन १ गते २०८३
images

घनश्याम भुसालको टिप्पणी : ‘हामी पार्टी बचाउँदैछौं,ओलीले सक्दैछन्’

घनश्याम भुसालको टिप्पणी : ‘हामी पार्टी बचाउँदैछौं,ओलीले सक्दैछन्’

  • 3.2K
    SHARES

  • घनश्याम भुसालको  टिप्पणी : ‘हामी पार्टी बचाउँदैछौं,ओलीले सक्दैछन्’

    बुटवल, चैत ३१ ।

    बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपि शर्मा ओलीको सामथ्र्यले भ्याएसम्म एमाले र कम्यूनिष्ट आन्दोलन नै खाने टिप्पणी गरेका छन् ।

    राजस्व र राष्ट्रिय अनुसन्धान हातमा लिएका प्रधानमन्त्री ओलीले अहिले पार्टीभित्रको अधिकार हातमा लिएर पार्टी नै खान खाजेको उनको भनाई छ ।

    ‘मूलूक अहिले २०१७ सालमा पुष्पलालले जसरी कम्यूनिष्ट पार्टी जोगाउन लाग्नुभयो, अहिले हामी त्यहि अवस्थामा छौं’ उपमहासचिव भुसालले भने –‘हामी पार्टी बचाउँदैछौं, उहाँ (ओली) पार्टी सक्दै हुनुहुन्छ ।’

    उपमहासचिव तथा पूर्वमन्त्री समेत रहेका भुसालले ओलीले पार्टी विधान विपरित जिल्ला कमिटि विघटन र गठन गर्ने सम्मको अधिकार लिएको बताए ।

    ‘२३ गतेको निर्णयले प्रधानमन्त्री ओलीलाई बचाएको थियो, तर २८ गते आफ्नो गुटको बैठक राखेर मनलाग्दी पदाधिकारी खारेज गर्नुभयो, यहिबाट पार्टी सक्ने खेल शुरु भयो’-उनले भने ।

    विधानले पदाधिकारी खारेज गर्न नसक्ने बताउँदै विधान सभा र अधिवेशन विना हटाउनै नसक्ने उनले बताए । उनले ओली पक्षमा लाग्नेहरु पार्टी सक्ने अभियानमा सामेल भएको टिप्पणी गरे ।

    नेता भुसालले पार्टी बर्बादी हुनबाट जोगाउन र एमालेलाई ओलीको कदमबारे जानकारी दिन देशैभर पुर्नगठन गरेको बताए । उनले २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काए देशैभर गठन भएका संरचना त्यहि छाडेर जेठ २ मा फर्कन तयार रहेको समेत बताए ।

    उनले ओलीका कारण पार्टी सिस्टम, देश र कम्यूनिष्ट आन्दोलन नै खतरामा परेको बताए । ‘हामीले गल्ती गरेका छैनौं, गल्ती तिनिहरु (ओली) गरेका छन्’ भुसालले भने ।

    प्रधानमन्त्रीलाई दुवै पद दिदा पनि के चाहिएको त्यो रहस्य बुझ्न नसकेको उनले बताए । ‘संसद विघटन गर्नुभयो, अदालतले पुर्नस्थापना गरिदियो,तैपनि प्रधानमन्त्रीले मनलाग्दी गर्न छाड्नुभएन’उनले भने ।

    यी समाचार पनि पढाैँ :-

    नेपाल समूहद्वारा रुपन्देहीमा समानान्तर कमिटी : अध्यक्षमा राजु गुरुङ,सचिवमा उपमेयर चौधरी

    युवराज ज्ञवालीले भने-‘ओलीले मूलूकको भविष्य र कम्यूनिष्ट आन्दोलनलाई ठूलो क्षती पुर्याए ’

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology