Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई नेकपा माओवादी केन्द्रले गर्‍यो कारबाही

प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई नेकपा माओवादी केन्द्रले गर्‍यो कारबाही

  • 6.3K
    SHARES

  • प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई नेकपा माओवादी केन्द्रले गर्‍यो कारबाही

    जनकपुरधाम,चैत ३० ।

    नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । र, दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ ।

    माओवादी केन्द्रले चार सांसदलाई पार्टीले कारबाही गरेको पत्र बुझाएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।


    माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर जवाफ नआएपछि कारबाही गरिएको माओवादी केन्द्रले जनाएका छ ।

    अब प्रदेशसभामा सभामुखले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त भएको घोषणा गर्नेछन् ।पदमुक्त हुनेमा तीन जना प्रत्यक्ष निर्वाचन हुन् भने एक समानुपातिक प्रदेशसभा सदस्य हुन् । समानुपातिक सदस्यको स्थानमा दलले नयाँँ पठाउन सक्छ ।

    प्रदेशमा माओवादीका ११ प्रदेशसभा सदस्य थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology