Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा २ हजार ५ सय रुपयाँमा कोरोना परीक्षण हुने

बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा २ हजार ५ सय रुपयाँमा कोरोना परीक्षण हुने

  • 4.0K
    SHARES

  • बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा २ हजार ५ सय रुपयाँमा कोरोना परीक्षण हुने

    बुटवल भदाै २८-

    बुटवलमा रहेकाे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २५ सय रुपयाँमा कोरोना परीक्षण हुने भएको छ । यस क्षेत्रको पुरानो र ठुलो अस्पताल मानिने लुम्बिनी प्रदेशिक अस्पतालको आज बसेको विकास समितिको  बैठकले  भोलिदेखी शुल्क घटनाउने निर्णय गरेको हो ।

    बैठकले शुल्क घटाउने निर्णय गरेको अस्पतालका मेसु डा.राजेन्द्र खनालले बताए । यस्तै अस्पतालमा पिसिआर परीक्षण पनि दोब्वर बनाई दैनिक ४ सयदेखि ५ सयको परीक्षण गर्ने तयारी गरिएको उनले बताए ।

    यसअघि सोही अस्पतालमा पहिलोपटक परीक्षण गर्दा ५५ सय रुपैयाँ लाग्ने गरेको थियो भने पछिल्लो समयको शुल्क ४४ सय रहेको थियो । अब सोमबारदेखि २५ सयमा परीक्षण गर्ने नियम लागू हुनेगरी निर्णय भएको छ । त्यस्तै २४ घण्टामा रिपोर्ट दिने गरी कर्मचारी र मेसिनको व्यवस्थापन गरिएको समेत उनले बताए ।

    कुनै कारण कोरोना परीक्षण गर्नुपर्ने चिकित्सकले सिफारीस गरेका बिरामी र कोरोना पुष्टी भएका बिरामीको सम्पर्कमा रहेकाहरुलाई भने निःशुल्क रुपमा परीक्षण गरिँदै आएको छ । तर व्यक्तिगत रुपमै परीक्षण गराउन चाहनेहरुका लागि शुल्क लिने नीति रहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology