Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु

बुटवलमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु

  • 5.5K
    SHARES

  • बुटवलमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु

    बुटवल,चैत ३०-

    बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुषको मृत्यु भएको हाे ।

    तीनैजनाको सोमबार बिहान मृत्यु भएको हो । तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७:२७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । 

    यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९:५० बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको डा. गौतमले बताए ।

    कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७:१४ बजे मृत्यु भएको उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology