बुटवल,चैत्र २३-
बुटवलमा ४ मा रहेको श्री सत्य साई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी सञ्चालकहरुका लागी क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ ।
सहकारीको बार्षिक कार्र्यक्रम अन्र्तगत रहेर पाल्पाको श्रीनगर होटलमा तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष मुकेशमान श्रेष्ठले बताउनुभयो । दुई दिनसम्म सञ्चालन गरिएको तालिममा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडका फिल्ड कार्यलय प्रमुख राधा कुमारी पोखरेल सहकारी शिक्षा, सहकारी ब्यबस्थापन र सञ्चालका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा । प्रायश्चित श्रेष्ठले सहकारीको माध्यमबाट आर्थिक रुपमा जोडिन आग्रह गर्नुभयो । सहकारीमा गरेको सानो लगानीले ठुलो फाइदा लिन सकिने बताउदै सहकारी शिक्षामा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रमका संयोजक तथा शिक्षा उपसमिति अशोक कुमार श्रेष्ठले सहकारीले बिभिन्न समयमा सहकारी संचालकहरुका लागी नयाँ नयाँ निति तथा कार्यक्रम सहकारी नियमका बारेमा क्षमताअभिबृद्धि गर्ने खालका कार्यक्रमहरु निरन्तर गर्दै जाने बताउनुभयो ।
सस्थाका सचिव गजेन्द्र कुमार कायस्थले सञ्चालन गर्नुभएको कार्यक्रममा सहकारीका सल्लाहकार आनन्द भगत श्रेष्ठ, अशोक कुमार श्रेष्ठ लगायतले आ आफना भनाई राख्नुभएको सस्थाका सदस्य धनु श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा २५ जना संचालकहरुको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)