Logo बिहिवार, आश्विन १ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि,११७३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि,११७३ जना डिस्चार्ज

  • 2.3K
    SHARES

  • पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि,११७३ जना डिस्चार्ज

    बुटवल भदाै २८-

    पछिल्लो २४ घण्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

    उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् ।देशभरमा १५ हजार ११७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कहाँ कति थपिए संक्रमित ?

    काठमाडौं उपत्यकामा मात्र ५९७ जनामा संक्रमि थपिएका छन्, जसमध्ये काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना छन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

    यस्तै मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७-२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४-१४ जना तथा नुवाकोटका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

    नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७-७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४-४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३-३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २-२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १-१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology