Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको सचिवमा बुटवलका हिमाल गैरे निर्वाचित

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको सचिवमा बुटवलका हिमाल गैरे निर्वाचित

  • 8.1K
    SHARES

  • नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको सचिवमा बुटवलका हिमाल गैरे निर्वाचित

    बुटवल,चैत २१-

    नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अधिवेशनबाट रूपन्देहीका युवा ब्यवसायी हिमाल गैरे सचिवमा निर्वाचित भएका छन् ।

    काठमाडौँमा २० र २१ गते भैरहेको ४२ औं अधिबेशनबाट गैरे सचिवमा निर्बिरोध निर्बाचित भएका हुन् ।एसोसिएसनको अधिवेशनमा प्रतिनिधीमुलक संस्थानबाट ३५१ जना मतदाता र १ हजार ७५० डिलर्स सहभागि छन् ।

    गैरे केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानको नेतृत्वबाट चुनावी मैदानमा थिए ।त्यस्तै लुम्बिनी प्रदेश संयोजकमा  प्रेम न्यौपाने निर्विराेध निर्वाचित भएका छन् ।

    एशोसिएसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान विजयी भएका छन् । नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिएका थिए । प्रधान ३०२ मतसहित विजयी हुँदा श्रेष्ठले ४३ मत मात्रै पाए ।

    वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार गुरुङ, प्रथम उपाध्यक्षमा ई।विनोद कुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिल कुमार बिड्ला निर्विरोध निर्वाचित भए ।

    यसैगरी महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन् ।

    प्यानलमा काे-काे छन् ?

    team.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology