बुटवल भदाै २८-
कोरोना जितेर घर फर्किएकाहरूलाइ बुटवल बेलबासमा पुष्पगुच्छासहित टोलवासीले बधाई तथा शुभकामना दिएका छन् ।
बेलबास भानुपथमा होम आइसोलेशनमा बसेर निस्किएका एकै परिवार ३ जनालाइ टोलवासी जनप्रतिनिधि र छिमेकीले पुष्पगुच्छाले स्वागत र सम्मान गरे ।
बुटवल उपनगरपालिका का आइटी इन्जिनिएर बिकेक भुसाल उहाको नौ महिनाको छोरा भुसाल अनि १०बर्षकी भान्जी सहित परिवारलाई जनप्रतिनिधि बेदप्रसाद गैरे आमा समुह अध्यक्ष गिरा बराल लगायत टोल समितिका अध्यक्ष खिमानन्द भटटराइ सहित टोलवासीले आज पुष्प गुच्छा प्रदान गरी कोरोना जितेकोमा नगरकातर्फबाट बधाई तथा शुभकामना दिए ।
२१ औ दिनसम्म कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेशनमा बसेका थिए ।
कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेर निस्किएका बुटवल –१३ बिबेक भुसालको परिवारलाई डिस्चार्ज पत्र प्रदान गर्दै जन प्रतिनिधि बेदप्रसाद गैरेले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गर्नुभयो।
जन प्रतिनिधि बेदप्रसाद गैरेले सामाजिक दूरि कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अबलम्बन गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सर्तक रहन आग्रह गर्नुभयो ।
टोलमा कोरोना सङ्क्रमण हुँदैमा कुनै पनि सदस्यले त्यस्ता परिवारका सदस्यप्रति कुनै पनि परिवार या व्यक्ति लाई भेदभाव नगर्न टोलमा सचेत बनाएको छ ।
आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीहरुबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेको भन्दै बिबेक भुालले सबैप्रति आभार व्यक्त गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)