Logo बिहिवार, आश्विन १ गते २०८३
images

६४औं राष्ट्रिय सहकारी दिवस : ‘मन्त्री पाैडेलले भनिन्-‘सहकारीहरु मर्म र भावना अनुसार चलेनन्’

६४औं राष्ट्रिय सहकारी दिवस : ‘मन्त्री पाैडेलले भनिन्-‘सहकारीहरु मर्म र भावना अनुसार चलेनन्’

  • 4.8K
    SHARES

  • ६४औं राष्ट्रिय सहकारी दिवस : ‘मन्त्री पाैडेलले भनिन्-‘सहकारीहरु मर्म र भावना अनुसार चलेनन्’

    बुटवल,चैत २०-

    लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सहकारीहरु आफ्नो प्रकृति, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएकी छन्  सहकारीहरुको बदमासीले गर्दा सिंगो सहकारी क्षेत्रमाथि नै प्रश्न उठ्ने गरेको उनले बताइन् ।

    ६४औं राष्ट्रिय सहकारी दिवस २०७७ मुल समारोहलाइ रुपन्देहीको डाइभरटोलमा सम्बोधन गर्दै उनले  नवीनतम, उद्यमशील र रोजगारमूलक काम गर्ने सहकारीहरुलाई मन्त्रालयले अनुदानको समेत व्यवस्था गरेको जानकारी दिइन ।

    मुल समारोह जिल्ला सहकारीसंघ,लुम्बिनी प्रदेश सहकारी संघ,लुम्बिनी प्रदेश कृषि सहकारी संघ,लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ,लुम्बिनी बिशिष्टकृत सहकारी संघ,रूपन्देही बचत तथा ऋण सहकारी संघ ,दुग्ध उत्पादक सहकारी संघ रूपन्देही लगायतले संयुक्त रुपमा कार्यक्रम गरेर मनाएका हुन्  ।

    मर्यादित ब्यबसाय र प्रविधिमा सहकारी मुल नाराका साथ दिवस मनाईएको थियो । कार्यक्रममा राष्टिय सहकारी महासंघका सञ्चालक रामकृष्ण खाणले गरिबी न्युनीकरण र रोजगारी सिर्जनामा सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकारी क्षेत्रले पुँजी परिचालनमा पनि ठूलो योगदान गरेको बताए ।

    बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले सहकारीका सञ्चालकहरु नीति, विधि र प्रविधिमा अझैपनि कमजोर रहेको र सहकारी शिक्षामा पनि पछाडि रहेको उल्लेख गर्दै पुजीको विकास भएपनि उत्पादनशील क्षेत्रमा लगानी हुन नसकेको बताए ।sahakari.jpg

    कार्यक्रममा राष्टिय सहकारी बैंकका सञ्चालक माधव देवकोटा, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, देवदह नगरपालिकाका प्रमुख हिरा केसी, नेफ्स्कुनका सञ्चालक सन्दिप सापकोटा, लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराई, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका हरि काफ्ले, जिल्ला दुग्ध उत्पादक सहकारी संघका लेखनाथ पाण्डे लगायतले गरिवी निवारणमा संविधानले नै तीनखम्बे अर्थनीतिको व्यवस्था गरेकोले सोही अनुसार अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    त्यस्तै सहकारीलाइ सहयोग गरेका सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । त्यस्तै जिल्ला सहकारी संघले आयोजना गरेका हाजिरीजवाफ र निवन्ध प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार टिआर शर्मा पुरस्कृत भएका छन् । उनले नगद १० हजार पाएका छन् ।

    कार्यक्रम जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनको अध्यक्षता तथा सचिब टीका न्यौपानेको संचालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology