Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अटो व्यवसायीको हकहितको लागि प्रदेश सरकार अभिभावक : मन्त्री चौधरी

अटो व्यवसायीको हकहितको लागि प्रदेश सरकार अभिभावक : मन्त्री चौधरी

  • 3.5K
    SHARES

  • अटो व्यवसायीको हकहितको लागि प्रदेश सरकार अभिभावक : मन्त्री चौधरी

    बुटवल,चैत २०-

    बुटवल अटो इन्जिनियरिंग एशोसियसनले २५ औं वर्ष प्रवेशका अवसरमा रजतजयन्ती समारोह तथा वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

    संस्थाका अध्यक्ष बाबुलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले अटो ब्यबसायीको हक हितमा सरकार प्रतिबद्ध भएको बताउनुभयो ।

    चौधरीले प्रदेश सरकारले अटो व्यवसायीको हकहितको लागि अभिभावकत्व ग्रहण गर्ने र त्यस क्षेत्रको विकासको लागि बजेटमा समावेश गर्ने बताए ।
    उनले बुटवल अटोको विकासको लागि पहिलो प्राथमिकता बुटवल नगरपालिकाको भएकोले नगरले नसक्ने काम प्रदेश सरकारले गर्ने बताए । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीको आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै सुवेदीले बुटवल अटोमा काम गर्ने नागरिकहरु रोजगार विहीन हुन नपर्ने बताए ।

    त्यस्तैगरी नेपाली कांग्रेसका खेलराज पाण्डेले बोल्दै बुटवल नगरपालिकाले आर्थिक रकमको ठूलो हिस्सा अटो क्षेत्रबाट उठ्ने तर तिनै अटो व्यवसायीलाई नगरपालिकाले वेवास्ता गरेको बताए । उनले अटोमा सुरक्षित अटो व्यवसायी हुनुपर्ने र नगरपालिकाले व्यवसायीलाई लिजमा राखिरहेको बताए ।त्यस्तैगरी नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष यमलाल भुसालले बुटवल अटो केन्द्रको राइट ह्याण्ड र दर्बिलो खम्बा भएको बताए ।

    उनले बुटवल अटो भिलेजको प्रमुख जोन भएकोले संस्थाको २५ वर्षे रजतजयन्ती मनाउन पाउनु महासंघको लागि गौरबको कुरा भएको बताए । त्यस्तैगरी प्रमुख अतिथिबाट संस्थाले प्रकाशन गरेको रजतजयन्ती स्मारिका र नयाँ बर्ष २०७८ को क्यालेण्डर बिमोचन गरिएको छ । संस्थाका अध्यक्ष बाबुलाल पाण्डेले अध्यक्षको प्रतिवेदन र महासचिव तुल्सीराम न्यौपानेद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खडक बहादुर गौतम, पूर्व अध्यक्षहरु प्रेम बहादुर फौदार, टंक प्रसाद गैरे, केवलप्रसाद यादव,भोज बहादुर बुढाथोकी,सन्तोष पाण्डे, ज्योति भण्डारी, सललाहकार टंक प्रसाद पोखरेल,खेमराज आचार्य,कानूनी सल्लाहकार शालिकराम बञ्जाडेलगायतको सहभागिता रहेको थियो ।

    सञ्चारकर्मीसहित विभिन्न व्यक्तिलाई सम्मान :

    संस्थाले रजतजयन्तीका अवसरमा ज्येष्ठ व्यवसायी,उत्कृष्ट व्यवसायी, उत्कृष्ट विद्यार्थी सम्मान, अधिकतम रक्तदातालाई सम्मान गरेको छ ।त्यसैगरी संस्थाको २५ औं वर्षको रजतजयन्तीमा सञ्चार क्षेत्रमा सहयोग गरेको भन्दै संस्थाका प्रेस सल्लाहकार दामोदर खनाल र दैनिक पत्र राष्ट्रिय दैनिकमा कार्यरत कृष्ण रणपाललाई सृजनशिल पत्रकारिता पुरस्कार स्वरुप नगद रु ११ हजार १ सय ११ सहित प्रमाणपत्रले पुरस्कृत गरेको छ ।

    त्यस्तै गरी एसईईमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट छात्र-छात्रालाई सम्मान , अनुशासित अटो व्यवसायी सम्मान, उत्कृष्ट सरसफाई अटो व्यवसायी सम्मान, अटो सिर्जनशीलता पत्रकारिता पुरस्कार, सेक्टर उपसमिति सम्मानलगायतका दर्जनौँ सम्मान गरेको छ ।रजत जयन्ती सम्पन्न गर्न सहयोग गर्ने संस्थाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, अटो व्यवसायी लगायत सबैलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेका छन् ।

    कार्यक्रम संस्थाका अध्यक्ष बाबुलाल पाण्डेको अध्यक्षतामा कार्यक्रमको सञ्चालन महासचिव तुल्सीराम न्यौपानेले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology