भैरहवा, भदौ २८ ।
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले लुम्बिनी नेपालको पर्यटन विकासको मुख्य आधारशीला भएकाे बताउनुभएकाे छ ।
लुम्बिनी भ्रमण पश्चात उहाले भन्नुभयो, ‘ कोरोना संकट टरेपछि पनि समृद्धिको मुख्य आधारको रुपमा पर्यटन क्षेत्रलाई नै अगाडी सार्नुको विकल्प छैन । विभिन्न पर्यटकीय गन्तब्य मध्ये लुम्बिनी नेपालको पर्यटन विकासको मुख्य आधारशीला हो । ’
कोरोना महामारिले पर्यटन क्षेत्रको पुर्वाधार विकासमा पारेको असर र कार्यप्रगतिको स्थलगत निरीक्षण गर्नुभयाे ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहनुभएका भट्टराइले पवित्र उद्यान लुम्बिनी भित्र रहेका सामारिक महत्वका विभिन्न क्षेत्रको अवलोकन गर्दै लुम्बिनीको विकासमा नेपाल सरकारले कुनै पनि कमि नराख्ने बताउनुभयो ।
लुम्बिनी स्थित मायादेवि मन्दिर, अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्तिदीप, केन्द्रिय नहरको अवलोकन गरेपछि म्यानमार बिहार, कोरियन बिहार, थाइ बिहार, चिनिया बिहार, जर्मन बिहारको समेत निरिक्षण गर्नुभएका भट्टराइले विश्वका बौद्ध देशहरुसंगको सहकार्यमा लुम्बिनीको अन्तराष्ट्रिय महत्वलाई अझै प्रभावकारी बनाइने पनि बताउनुभयो ।
सो अवसरमा मन्त्री भट्टराइले निर्माणाधीन गौतमबुद्ध फलफुल बाटिकाको अवलोकन तथा निरीक्षण , निर्माणाधीन अन्तराष्ट्रिय बुद्धिस्ट सम्मेलन तथा ध्यान केन्द्रको निरीक्षण समेत गरेको लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राइले बताउनुभयो ।
निर्माणाधीन ध्यान केन्द्र सम्पन्न पश्चात ५ हजार जना मान्छे अट्ने क्षमता रहनेछ । उक्त केन्द्रको पहिलो चरणको ३२ करोड बराबरको बजेट रहेको काम ९० प्रतिशत सकिएको र दोस्रो चरणको निर्माणकोलागि बोलपत्र आहवन भइसकेको छ। यसैगरी गौतमबुद्ध फलफुल बाटिकामा २५ हजार फलफुलको विरुवा रोप्नेगरी तयारी भएको छ ।
कोरोना संकटका बीच पनि विभागिय मन्त्रीको लुम्बिनी भ्रमणले लुम्बिनीसंग सरोकारितहरुलाई उत्साहित बनाएको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तयाले महामारीको समयमा मन्त्रीको लुम्बिनी आवगमन महत्वपुर्ण भएको बताउनुभयो । उहांले लुम्बिनी गुरुयोजनाको काम आगमी अढाई बर्ष भित्र पुरा हुने पनि बताउनुभयो ।
रुपन्देहीमा मन्त्री भट्टराइले राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको समेत निरीक्षण गनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)