Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार महासंघ रूपन्देहीमा प्रेस यूनियनको नेतृत्वमा बन्याे संयुक्त लोकतान्त्रिक प्यानल,पाँच संगठन एकठाँउमा [उम्मेदवारको नामावलीसहित]

पत्रकार महासंघ रूपन्देहीमा प्रेस यूनियनको नेतृत्वमा बन्याे संयुक्त लोकतान्त्रिक प्यानल,पाँच संगठन एकठाँउमा [उम्मेदवारको नामावलीसहित]

  • 4.8K
    SHARES

  • पत्रकार महासंघ रूपन्देहीमा प्रेस यूनियनको नेतृत्वमा बन्याे संयुक्त लोकतान्त्रिक प्यानल,पाँच संगठन एकठाँउमा [उम्मेदवारको नामावलीसहित]

    बुटवल, चैत १८- 

    नेपाल पत्रकार महासंघ रुपन्देहीमा नेपाल प्रेस यूूनियनको नेतृत्वमा संयुक्त लोकतान्त्रिक प्यानल तयार भएको छ । गएराती अवेर सकिएको संयुक्त संगठनहरुको बैठकले चैत २५ गते हुने  हुने निर्वाचनमा संयुक्त प्यानल बनाएर जाने निर्णय गरेको हो । 

    पूर्ण प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा, श्रमजिवि पत्रकारको अधिकार स्थापित गर्दै लोकतन्त्रको पक्षमा रहेर पत्रकार महासंघको गरिमा बचाउँदै साझ संगठनका रुपमा नेपाल प्रेस यूूनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशिल पत्रकार संघ, नेपाल र क्रन्तिकारी पत्रकार महासंघ रुपन्देहीले एकताबद्ध भएर चुनावमा होमिने प्रतिबद्धता जनाएका छन ।

    अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।अग्रमन पक्षधरका अन्य पत्रकार संगठनसँग समेत एकता गरेर अघि बढ्ने निर्णय भएको नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसालले नागरिक अनलाइनलाइ जानकारीले दिईन ।

    fnj.jpg

    सबै संगठनहरु एकताबद्ध भएर निर्वाचनमा होमिने निर्णय भएको प्रेस संगठन नेपाल रुपन्देहीका संयोजक कमल रायमाझीले बताए । 

    नेपाल प्रेस यूूनियन रुपन्देहीका सभापति रेखा भुसाल, प्रेस संगठन नेपाल रुपन्देहीका संयोजक कमल रायमाझी, प्रेस चौतारी नेपाल रुपन्देहीका संयोजक विनोद परियार, प्रगतिशिल पत्रकार संघ, नेपाल रुपन्देहीका सचिव डि आर बन्जाडे र क्रन्तिकारी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष टेक बहादुर मास्की रानाले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

    संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेद्वारहरू यी हुन् :-

    १. अध्यक्ष – रामराज पोखरेल

    २. उपाध्यक्ष – विश्वास ढकाल

    ३. उपाध्यक्ष (महिला) – सञ्जु पौडेल

    ४. सचिव – विनोद परियार

    ५. सहसचिव (खुल्ला) – विरेन्द्र कुँवर

    ६. सहसचिव (समावेशि)– माया केसी

    ७. कोषाध्यक्ष – सञ्जय सौगात सदस्यहरु ( खुल्ला)

    ८. शंकर प्रसाद पाण्डे

    ९. कविराज अधिकारी (कपिल)

    १०. मोती न्यौपाने

    ११. प्रदीप आचार्य (ख)

    १२. थानेश्वर घिमिरे (नविन)

    १३. प्रकाश पाण्डेय

    १४. पुनहरि बेल्बासे

    १५. मान बहादुर कुँवर सदस्य (समावेशि)

    १६. हिक्मत चौधरी (जनजाती)

    १७. राधेश्याम विश्वकर्मा (मधेशी)

    १८. टंक सुनार (दलित)

    १९. हरिकला अधिकारी (कमला) (महिला)

    २०. सलमान खाँन (अल्पसंख्यक) 

    यी पनि पढाैँ

     पत्रकार महासंघ रुपन्देहीमा प्रेस युनियनले नेतृत्व नछाड्ने !

    पत्रकार महासंघ रुपन्देहीको निर्वाचन : प्रेस चौतारीको नेतृत्वमा चार संगठनबीच तालमेल

    यस्ताे छ निर्वाचन कार्यतालिका :

    165027864_293828955653217_4039639673419066052_n.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology