Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्व.काेहारको परिवारलाई लुम्बिनी विकास कोषद्वारा १लाख १ हजार सहयोग

स्व.काेहारको परिवारलाई लुम्बिनी विकास कोषद्वारा १लाख १ हजार सहयोग

  • 2.9K
    SHARES

  • स्व.काेहारको परिवारलाई लुम्बिनी विकास कोषद्वारा १लाख १ हजार सहयोग

    बुटवल,भदाै २८-

    लुम्बिनी विकास कोषले लुम्बिनी विकास कोषका कार्यकारणी सदस्य स्व.अमिरिका प्रसाद कोहोरको परिवारलाई एक लाख एक हजार सहयोग प्रदान गरेको छ । 

    लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका सस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइले स्वर्गिय कोहारको घर पडरियामै पुगी उनको परिवारलाइ उक्त रकम हस्तान्तरण गरेका हुन् ।  

    लुम्बिनीदेखि दक्षिणमा रहेको उनको घरमा पुगी लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका भट्टराइले शोकाकुल परिवारमा समबेदना समेत व्यक्त गर्दै भने, ‘यो दुखको घडीमा नेपाल सरकार, लुम्बिनी विकास कोष तपाईहरुको साथमा छ । ’

    मन्त्री भट्टराले अमिरिकाले लुम्बिनी क्षेत्रको विकासमा पुराएको योगदान उल्लेखनीय भएको समेत बताए । कोषका कार्यकारणी सदस्य रहेका अमिरिकाको हृदयघातको कारण ५५ बर्षको उमेर भदौं २३ गते राति निधन भएको थियो । 

    विक्रम सम्बत २०२३ साल चैत्र ३ गते लुम्बिनीको पडरीयामा जन्मीएका अमिरिका  २०६६ सालमा ५ बर्ष सम्म कोषको कार्यकारणी सदस्यको रुपमा लुम्बिनीको विकासमा सक्रिय थिए  ।

    यसैगरी उनी २०७३ सालदेखि पुनः दोस्रो कार्यकालको रुपमा कोषमा सक्रिय थिए  । कोहार नेपाली कांग्रेस रुपन्देहीको पुर्व जिल्ला उपभासभापति समेत थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र २८ २०७७१०:०१:२९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology