Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीद्वारा गुल्मी रूरूस्थित थोर्गा च्यूरेक आधारभुत विद्यालय रंगरोगन

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीद्वारा गुल्मी रूरूस्थित थोर्गा च्यूरेक आधारभुत विद्यालय रंगरोगन

  • 4.1K
    SHARES

  • रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीद्वारा गुल्मी रूरूस्थित थोर्गा च्यूरेक आधारभुत विद्यालय रंगरोगन

    बुटवल,चैत्र १६-

    होलीमा हुने फजुल खर्चलाई रुपन्देहीको एक सामाजिक संस्थाले विद्यालय रंगरोगन गरेर मनाएको छ । रंगको पर्व होली मिलन कार्यक्रमसंगै रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका सदस्यहरुले आर्थिक जुटाएर रूरू क्षेत्र-१ ठुलापोखरा गुल्मीस्थित थोर्गा च्यूरेक आधारभुत विद्यालयको भवन रंगरोगन गरेको हो । 
    सामाजिक उत्तरदायित्व अन्तरगत क्लबको सिग्नेचर प्रोजेक्ट अन्तरगत विद्यालय रंगरोगन गरि आईतबार हस्तान्तरण गरेको अध्यक्ष गोपाल ज्ञवालीले बताए । विगत १० वर्षदेखि निरन्तरता  होलि मिलन कार्यक्रमलाई विद्यालय रंगरोगन गरेर मनाउदै आएको उनले बताए। विद्यालयको ६ कोठे भवन रंगरोगनमा करिब ८० हजार रुपैया खर्च भएको उनले बताए।

    यसैगरि क्लबको ४ सय ६९ नियमित बैठक तथा होलीमिलन कार्यक्रम विद्यालय परिसरमा मनाईएको छ।कार्यक्रममा रुरुक्षेत्र गापाका शिक्षा तथा सामाजिक विकास समितिका संयोजक तथा वडा नं ३ का वडाअध्यक्ष शेषनारायण पौडेलले संस्थामा आवद्धता हुदा ब्यक्तिगत विकास, पेशा ब्यवसायमा सफलतासंगै सामाजिक हितमा समेत लाग्न प्रेरणा मिल्ने बताए।

    जिविका चलाउने तथा अवसरको खोजीमा गाउँ क्षेत्रबाट शहरी क्षेत्रमा जाने प्रवृत्ति बढेको भन्दै यसलाई सामान्य लिनुपर्ने उनले बताए। पुर्वाधार विकास गर्दै पहाडलाई तराई जोड्न सके आर्थिक उन्नतिमा फड्को मार्ने उनले दाबी गरे । बिस २०४२ सालको समयमा शिक्षाका लागि विद्यालय खोल्ने चरण थियो। भने अबको समय पुर्वाधार विकास गरि गुणस्तरीय शिक्षातर्फ अग्रसर हुनु आवश्यकता भएको उनले बताए।

    कार्यक्रममा वडा सचिव रामप्रसाद ज्ञवाली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिना ज्ञवाली, बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवाली, विद्यालयका प्रधानाध्यापक रोमनाथ ज्ञवाली, विद्यालय ब्यवस्थापन समितिका पुर्वअध्यक्ष वसन्त बहादुर क्षेत्री, कान्तिपुर मिडिया ग्रुपका लुम्बिनी प्रदेश संयोजक दिपेन्द्र बडुवाल, क्लबका प्रेसिडेन्ट ईलेक्ट विष्णु चापागाई, पत्रकार कृष्ण ज्ञवाली अन्जान, क्लबका सर्जन आर्म टिकाराम पाण्डे, संयोजक तथा क्लबका कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य भगवती अर्यालले संस्थागत भएर सहयोगमा लाग्नुपर्ने बताए।  विद्यालयमा नर्सरीदेखि ७ कक्षासम्म करीब एक सय जना विद्यार्थीहरु अध्ययरत छन।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology