बुटवल,चैत १६-
नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो ।
खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका छन् । योसँगै ३७ वर्षको अन्तरालपछि नेपालले पहिलोपटक घरेलु मैदानमा ट्रफी हात पारेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)