बुटवल,चैत्र १५-
बुटवलमा सम्पन्न प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता २०७७ को उपाधि लुम्बिनी नव युवा क्लबले हात पारेको छ। बुटवल युथ स्पोर्ट्स क्लबको आयोजनामा शनिबार भएको फाईनलमा आयोजक बुटवल युथ स्पोर्ट्स क्लबलाई ८१ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधिसंगै लुम्बिनीले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता बुटवल युथ २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १६ को स्थित बुटवल नरेश्वर अन्तराष्ट्रिय क्रिकेट खेलमैदानमा भएको फाईनल खेलमा टस जितेर लुम्बिनीले ब्याटिङ गर्न मैदानमा उत्रेर १९ ओभर १ बलमा सबै विकेटको नोक्सानीमा १ सय ४६ रनको योगफल तयार गरेको थियो । लुम्बिनीका सुरज रानाले नटआउट १५ बलमा ३० रन, अफरादले १२ बलमा २२ रन जोडेका थिए ।
बुटवलका जितेन्द्र साहनीले ४.१ ओभर बलिङ गर्दै ५ विकेट लिएका थिए। बुटवल युथ १४.६ ओभर केवल ८० रनमा समेटिएको थियो।
अब्रहानले २५ बलमा ४१ रन जोडेपनि जित निकाल्न सक्नेन। लुम्बिनीको जितमा बैतुल्लाले ३ र मनोहरले २ विकेट लिएका थिए । खेलमा लुम्बिनीका सुरज राना म्यान अफ दी म्याच घोषित भएका थिए। उपाधिका लागि जिल्लाका १९ क्लबहरुले भाग लिएका छन।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)