Logo बिहिवार, आश्विन १ गते २०८३
images

ईन्टर रोट्याक्ट सुपर सिक्स क्रिकेटको उपाधि रोट्याक्ट रामापिथेकसलाई

ईन्टर रोट्याक्ट सुपर सिक्स क्रिकेटको उपाधि रोट्याक्ट रामापिथेकसलाई

  • 3.2K
    SHARES

  • ईन्टर रोट्याक्ट सुपर सिक्स क्रिकेटको उपाधि रोट्याक्ट रामापिथेकसलाई

    बुटवल,चैत्र १५- 

    रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा सम्पन्न ईन्टर रोट्याक्ट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि रोट्याक्ट क्लब अफ रामापिथेकसले हात पारेको छ ।

    रामनगरस्थित खेलमैदानमा शनिबार भएको फाईनल खेलमा आयोजक रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

    उपाधिसंगै रामापिथेकसले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका थिए। उपविजेता तिलोत्तमा रुपन्देही १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । 
    प्रतियोगितामा बेष्ट ब्याटसम्यान दुर्गेश यादव, बेष्ट बलर रुपेश कुर्मि, रोट्याकट केलब अफ बुटवलका म्यान अफ सिरिज सन्दिप खत्री घोषित हुँदै पुरस्कृत भएका थिए ।

    एक समारोहका बिच रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान जोन १९ एजी खिमानन्द भुषाल, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवाली, आयोजक क्लबका संस्थापक अध्यक्ष मोहन न्यौपाने, क्लबका अध्यक्ष सुभाष केसी, विक्रम क्षेत्रीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए। 

    यसैगरि महिलातर्फ भएको खेलमा रोक्याक्ट क्लब अफ सेन्ट्रल बुटवल विजेता रह्यो। उसले रोट्याक्ट क्लब अफ तिनाउ बुटवललाई फाईनलमा पराजित गरेको थियो। दुई दिनसम्म संचालन भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको संयोजक  निसान भुसाल बताए।

    पाल्पाली हार्डवेयरले प्रतियोगितालाई सौजन्य गरेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology