Logo बिहिवार, आश्विन १ गते २०८३
images

नगर स्तरिय बुद्धिचाल प्रतियोगितामा सुमन भए च्याम्पियन,महिलामा सेढाइ उत्कृष्ट

नगर स्तरिय बुद्धिचाल प्रतियोगितामा सुमन भए च्याम्पियन,महिलामा सेढाइ उत्कृष्ट

  • 3.4K
    SHARES

  • नगर स्तरिय बुद्धिचाल प्रतियोगितामा सुमन भए च्याम्पियन,महिलामा सेढाइ उत्कृष्ट

    बुटवल,चैत्र १५-

    बुटवल २ मा रहेको मनकामना बहुउद्धेश्यीय युवा क्लवको आयोजनामा बुटवलमा नगर स्तरिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रतियोगितामा सुमन श्रेष्ठ पहिलो,चमन गाहा मगर दोश्राे शिखा रेश्मी तेश्राे  र क्रमश बिजनमान थैब,बुद्धि थैब,लक्ष्मण शर्मा,सुदेश श्रेष्ठ,दधि प्रसाद थारु,बिबेक थापा ,जमिर अलि  बिजेता भए । उत्कृष्ट महिला पुरस्कार भने नमन सेढाइले पाइन ।

    बुटवल २ को वडा कार्यालयमा आयोजना गरिएको  प्रतियोगिता १२ गतेदेखि शुरु भएको युवा क्लवका अध्यक्ष चेतन ठाडा मगरले जानकारी दिए । प्रतियोगिता नगरका ३१ जना खेलाडी सहभागि थिए ।

    बिजेताले  प्रथम पुरस्कार ११ हजार १११ दोश्रो पुरस्कार ७ हजार  ७७७ र तेश्रो पुरस्कार ५ हजार ५५५ र मेडल र प्रमाणपत्र पाए ।बिधागत पुरस्कार समेत दिइएको कार्यक्रम संयोजक सुधिर पुनले बताए । त्यस्तै उत्कृष्ट महिला पुरस्कार २ हजार २२२ र सान्त्वना पुरस्कार ७ जनालाइ १ हजार १११ दिइएको सचिब विबेक थापाले जानकारी दिए । butwal 2.jpg

    प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेबी आचार्यले समापन गर्दै उत्कृष्ट खेलाडीलाइ पुरस्कार प्रदान गरिन्।सो अबसरमा बोल्दै उहाले बुटवल खेलकुदक्षेत्रको बिकासमा प्रतिबद्ध रहेको बताइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology