Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना विश्व अपडेट : २ करोड ८८ लाख ६५ हजार संक्रमित,२ करोड ७ लाख निको,९ लाख २२ हजार ८२९ जनाकाे मृत्यु

कोरोना विश्व अपडेट : २ करोड ८८ लाख ६५ हजार संक्रमित,२ करोड ७ लाख निको,९ लाख २२ हजार ८२९ जनाकाे मृत्यु

  • 2.5K
    SHARES

  • कोरोना विश्व अपडेट : २ करोड ८८ लाख ६५ हजार संक्रमित,२ करोड ७ लाख निको,९ लाख २२ हजार ८२९ जनाकाे मृत्यु

    बुटवल,भदौ २८-

    कोरोना भाइरस काेभिड १९ काे महामारीले बिश्व नै आतंकित र प्रभाबित भैरहेकाे छ  काेराेनाका कारण अहिलेसम्म  विश्वभर २ करोड ८८ लाख ६५ हजार १ जना संक्रमित हुनुपरेकाे छ ।

    भाइरसकाे संक्रमणले ९ लाख २२ हजार ८२९ जनाको मृत्यु भैसकेकाे छ । भने २ करोड ७ लाख २६ हजार १७५ उपचारपछि निको भएका छन्।

    सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६६ लाख ६३ हजार ९३ जना संक्रमित भएका छन् भने १ लाख ९७ हजार ८३८ जनाको मृत्यु भएको छ। त्यहाँ ३९ लाख ३२ हजार ६०९ जना उपचारपछि निको भएका छन्।

    यसैगरी भारतमा ४७ लाख ५१ हजार ७८८ जना संक्रमित भएका छन् भने ७८ हजार ६१४ जनाको मृत्यु भएको छ। त्यहाँ ३६ लाख ९९ हजार ३०६ जना उपचारपछि निको भएका छन्।

    यसैगरी ब्राजीलमा ४२ लाख ९७ हजार ९४९ जना संक्रमित भएका छन्। ब्राजीलमा १ लाख ३० हजार ८७० जनाको मृत्यु भएको छ भने ३५ लाख ३० हजार ६५५ जना उपचारपछि निको भएका छन्।

    यसैबीच फार्मा कम्पनी एस्ट्राजेनेकाले बेलायतको रेगुलेटर्सबाट अनुमति पाएपछि अक्सफोर्ड युनिभर्सिटीले फेरि कोरोना भ्याक्सिनको ट्रायल सुरु गरेको छ। केही दिन अगाडि एक जना भोलेन्टिएर बिमारी भएपछि ट्रायल रोकिएको थियो। कम्पनीका अनुसार बेलायतका स्वास्थ्य अधिकारीले ट्रायललाई सुरक्षित भनेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology