बुटवल,चैत्र १५-
काठमाडौंको हाँडीगाउँबाट दुईजना पेस्तोलसहित पक्राउ परेका छन् । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले उनीहरूलाइ पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएका पोते लामा र नमोबुद्ध नगरपालिका घर भएका अनन्त तामाङ छन् । उनीहरुको साथबाट सशस्त्रले एउटा मेडईन युएस लेखिएको ९–एमएम पेस्तोल, पाँच राउण्ड गोली र म्याग्जिन बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई कानुनी कारवाहीका लागी स्थानीय प्रहरीको जिम्मा लगाइएको छ ।
जडिबुटी बस्ने पोते लामा ०७४ देखि प्रहरीको सुचिका फरार आरोपी हुन् । उनीहरुमाथि महानगरीय प्रहरी वृत मालिगाउँले अनुसन्धान गरिरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)