Logo बिहिवार, आश्विन १ गते २०८३
images

ईन्द्रेणी सहकारीद्वारा प्रजनन् स्वास्थ्य सम्वन्धि अन्तरक्रिया

ईन्द्रेणी सहकारीद्वारा प्रजनन् स्वास्थ्य सम्वन्धि अन्तरक्रिया

  • 5.0K
    SHARES

  • ईन्द्रेणी सहकारीद्वारा प्रजनन् स्वास्थ्य सम्वन्धि अन्तरक्रिया

    बुटवल,चैत्र १३-

    बुटवलमा महिलाका लागि प्रजनन् स्वास्थ्य सम्वन्धि एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

    बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६ आं स्थापना दिवसको अवसर पारेर शुक्रबार महिलाका लागि प्रजन्न स्वास्थ्य सम्वन्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । तालिममा लुम्विनी प्रादेशिक अस्पतला बुटवलका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर शिला अधिकारी क्षेत्रीले सहजिकरण गर्नु भएको थियो ।

    ईन्द्रेणीका महिला शेयर सदस्यहरुलाई केन्द्रीत गरेर दिईएको तालिममा महिलाको प्रजन्न स्वास्थ्य अन्तरगत पाठेघरको तथा स्तनको क्यान्सर, आंग खस्ने समस्या, युटिआई लगायतका समस्या र यसको रोकथामका बारेमा डाक्टर क्षेत्रीले सहजिकरण गर्नु भएको थियो ।

    सहकारीका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद अर्याल, सचिव माया गौतम लगायतले महिला प्रजन्न स्वास्थ्यका बारेमा बेलैमा सचेत भएमा भविष्यमा आउने जोखिम बारे बच्न सकिने सुझाव दिनु भएको थियो । कार्यक्रममा सहकारीमा आवद्ध ६० बढी महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

    यसैबीच सहकारीले स्थापना दिवसको अवसरमा शनिबार बिहान कार्यालय परिषरमा वृहद रक्तदान कार्यक्रम आयोजना गरेको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology