Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको जग्गा रोक्का फुकुवा,बेचबिखन गर्न भने नपाईने !

लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको जग्गा रोक्का फुकुवा,बेचबिखन गर्न भने नपाईने !

  • 4.9K
    SHARES

  • लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको जग्गा रोक्का फुकुवा,बेचबिखन गर्न भने नपाईने !

    बुटवल,चैत्र १३- 

    लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीको जग्गा रोक्का फुकुवा भएको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले देउखुरीमा गरेको जग्गा रोक्कालाई  फुकुवा गर्ने निर्णय गरेको हो ।

    लुम्बिनी प्रदेशको स्थायी राजधानी तोक्दा जग्गा किनबेच हुने भन्दै प्रदेश सरकारले रोक्का गरेको थियो । जग्गा फुकुवा गरेपनि बेचबिखन गर्न भने पाईने छैन ।

    प्रचलित कानून बमोजिम पैतृक सम्पत्ती अशंवण्डा भएकोमा अदालतको पत्र अनुसार अंशियारको नाममा सम्पत्ती कायम गर्ने गरी कित्ता काट तथा लिखित पारित गर्न सकिने लुम्बिनी प्रदेश सरकारका प्रबक्ता तथा भौंतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

    यस्तै मन्त्रिपरिषद बैठकले प्रदेशमा थप ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । पर्वहरुको महत्वलाई ध्यान दिँदै ६ दिन विदा दिने निर्णय गरेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।

    बकर ईद, कृष्णजन्माष्टमी, भूमी पूजा (रोल्पा–रुकुम), बर्का आईतबारी (तराईका ६ जिल्ला), रमजाम, भगवती जात्रा (पाल्पा) मा विदा दिने निर्णय प्रदेश सरकारले गरेको हो ।

    प्रदेशसभा बैठक चैत १८ गते :

    त्यस्तै बैठकले लुम्बिनी प्रदेशसभाको बैठक चैत १८ गते आह्वान गर्न प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष प्रस्ताव पठाउने निर्णय गरेको छ ।

    त्यस्तै बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन, ०७४ संशोधन र एकीकरण सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार गरिएको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।                

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology