Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस लामो समय मौन बस्नुहुदैन,सत्ता सहकार्यबारे चाँडै निर्क्यौल गर्नुपर्छ : बालकृष्ण खाँण [भिडियाे सहित]

काँग्रेस लामो समय मौन बस्नुहुदैन,सत्ता सहकार्यबारे चाँडै निर्क्यौल गर्नुपर्छ : बालकृष्ण खाँण [भिडियाे सहित]

  • 4.4K
    SHARES

  • काँग्रेस लामो समय मौन बस्नुहुदैन,सत्ता सहकार्यबारे चाँडै निर्क्यौल गर्नुपर्छ : बालकृष्ण खाँण [भिडियाे सहित]

    बुटवल,चैत्र १३-

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीले कोसँग सत्ता सहकार्य गर्नेबारे चाँडै निर्क्यौल गर्नुपर्ने बताएका छन् ।

    आज बुटवलमा राज्य टेलिभिजनले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता खाँणले नेपाली काँग्रेसले मुलुकलाई निकास दिन कोसँग हातेमालो गर्ने स्पष्ट पार्नुपर्ने बताए ।

    उनले भने,-‘अब नेपाली काँग्रेसले संविधानको रक्षाका लागि कोसँग हातेमालो गर्ने, कोसँग संघर्ष गर्ने स्पष्ट पार्दै मुलुकलाई निकास दिनुपर्छ ।’

    उनले पछिल्लो समय देश राजनीतिक रुपमा अनिर्णयको बन्दी भैरहेका बेला काँग्रेसको मौनता घातक हुने बताए । ‘लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न मिल्दैन । निकासका लागि पनि काँग्रेसले ठोस निर्णय गर्नुपर्छ,’ उनले भने ।

    उनले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार नभएको बताए । ‘संविधान नमान्नेलाई प्रधानमन्त्री बन्ने हक छैन,’उनले भने ।

    उनले संविधानको पालना नगर्ने राजनीतिक शक्तिसँगै नेपाली काँग्रेसले सहकार्य नगर्ने बताए ।khad.jpg

    कार्यक्रममा नेपाल प्राध्यापक संघका अध्यक्ष डा.बुद्धबहादुर थापा,संबिधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष बिनोद पहाडी, मानबअधिकार तथा शान्ति समाजका सभापति समेत रहनुभएका राज्य टेलिभिजनका अध्यक्ष गोविन्द खनाल,प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाई,प्रकाशन तथा प्रसारण समाजका सचिव माधव नेपाल,नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष निरा गौतम, राज्य टेलिभिजनका सञ्चालक डा.बिनोद पराजुली लगायतले बोल्दै मानबअधिकारको प्रवद्र्धन र सवलीकरणमा मिडियाको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसका लागि मिडिया बलियो हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रम टेलिभिजनका कार्यकारी निर्देशक बिष्णु भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा विभिन्न क्षेत्रमा विजयी हुनु भएकाहरुलाई सम्मान गरिएको थियो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology