Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सांसद रेशम चौधरीको रिहाइको माग गर्दै बसेको धर्नामा गृहमन्त्री पनि !

सांसद रेशम चौधरीको रिहाइको माग गर्दै बसेको धर्नामा गृहमन्त्री पनि !

  • 2.2K
    SHARES

  • सांसद रेशम चौधरीको रिहाइको माग गर्दै बसेको धर्नामा गृहमन्त्री पनि !

    बुटवल,चैत १२ ।

    सांसद रेशम चौधरी रिहाइको माग गर्दै बसेको धर्नामा गृहमन्त्री रामबहादर थापा ‘बादल’ पुगेका छन् । चौधरीको रिहाईका लागि माइतीघर मण्डलामा बिहीबार धर्नामै गृहमन्त्री थापा पुगेका हुन् ।

    सरकारले विप्लव र सीके राउतलाई मूलधारमा ल्याएपनि पहिचान तथा अधिकारको लडाइँ भएको टीकापुर घटनामा सांसद रेशम चौधरीसहितलाई मुद्दा लगाएको भन्दै चौधरीको रिहाइको माग गर्दै माइतीघरमा थारु अगुवाहरुले धर्ना दिँदै आएका छन् ।
    दैनिक एक घन्टा धर्ना आयोजना गरिँदै आएको छ ।

    आफ्नो माग मुद्दा सुनुवाइका लागि सभाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाइसकेको छ ।

    २०७२ मा कैलालीको टीकापुरमा एक नाबालकसहित ७ प्रहरीको हत्या भएको थियो । चौधरीलाई उक्त घटनाको दोषी ठहर्‍याएको थियो ।

    जनता समाजवादी पार्टीका सांसाद चौधरीको रिहाइका लागि पछिल्लो समय सत्ता सहकार्यबारे जसपाले रिहाई हुुनुपर्ने विषयलाई प्रमुख शर्त बनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology