Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देवदहको साईबाबा विध्यापिठमा शैक्षिक सामाग्री एवं छात्रवृत्ति प्रदान

देवदहको साईबाबा विध्यापिठमा शैक्षिक सामाग्री एवं छात्रवृत्ति प्रदान

  • 3.2K
    SHARES

  • देवदहको साईबाबा विध्यापिठमा शैक्षिक सामाग्री एवं छात्रवृत्ति प्रदान

    देवदह,चैत्र १२-

    रुपन्देही देवदहको साईबाबा विध्यापिठमा शैक्षिक सामाग्री वितरण एवं छात्रवृत्ति प्रदान गरिएको छ । देवदह जेसीजका संस्थापक अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्षका सल्लाहाकार सिनेटर विजय गुरुङ्गको जन्मदिनमा साे सहयाेग प्रदान गरिएको हो ।

    विजय गुरुङ्गले जन्मदिनको अवसरमा केक काटेर र कतै साथीभाई जम्मा भएर गरिने फजुल खर्च गर्नु भन्दा कुनै सामाजिक स्थालमा गएर जन्मदिन मनाउन आफुलाई आनन्दित हुने भएकाले आफुले हरेक बर्ष श्री साईबाबा विध्यापिठमा शैक्षिक सामाग्री प्रदान गर्नुका साथै छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।सदैव सामाजिक कार्यमा लाग्ने सिनेटर गुरुङ्गले बताए ।

    उनले वालवालिकालाई अध्ययन गर्दा केही मात्रामा भएपनि सहज पुगोस भन्ने हेतुले श्री साईबाबा विध्यापिठमा अध्ययनरत सम्पूर्ण विधार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको बताए । उनले विद्यालयलाई १२ हजार बराबरको चेक हस्तान्तरण गरे।

     देवदह जेसीज बर्ष २०२१ का अध्यक्ष केशवराज पराजुलीको अध्यक्षता र पुर्व राज्य मन्त्रि तथा नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै सभापति रज्जाकले सिनेटर गुरुङ्गले समाजिक क्षेत्रमा देखाएको लगाव र सदभाव देखेर प्रशंशा व्यक्त गरे । जेसीजले मानिसलाई सामाजिक कार्यमा धकेल्ने र सामाजिक भावना जगाउने भएकाले सबैलाई सकरात्मक मार्गमा लाग्न आग्रह समेत गरे।

    कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्री, देवदह नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षत्री, साईबाबा च्यारेटी ट्रष्टका अध्यक्ष खेमनारायण अधिकारी, नेपाली काँग्रेस देवदह नगरका सभापति गुणाखर भूर्तेल, नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष तथा देवदह जेसीजका लागि निरुपित राष्ट्रिय  उपाध्यक्ष पायल शर्मा, नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष  विमल ज्ञवाली, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेल लगायतले बोलेका थिए ।

    देवदह जेसीजका कार्यकारिणी उपाध्यक्ष किसन पौडेलको स्वागत, महासचिव  दिपक अधिकारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा श्री साईबाबा विद्यापिठका अध्यक्ष रामचन्द्र पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology