Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस नेता भट्टराईले मनाए मानव सेवा आश्रममा जन्मदिन,खाना खुवाउँदै ११ हजार१११ रुपैँया सहयाेग

काँग्रेस नेता भट्टराईले मनाए मानव सेवा आश्रममा जन्मदिन,खाना खुवाउँदै ११ हजार१११ रुपैँया सहयाेग

  • 4.6K
    SHARES

  • काँग्रेस नेता भट्टराईले मनाए मानव सेवा आश्रममा जन्मदिन,खाना खुवाउँदै ११ हजार१११ रुपैँया सहयाेग

    बुटवल,चैत्र ११-

    नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति बिमलराज भट्टराईले आफ्नाे जन्मदिन मानव सेवा आश्रम बुटवलमा मनाएका छन् । उनले आश्रममा आश्रित सडक मानवहरुलाई एक छाक खाना समेत खुवाए ।भट्टराईले आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै ११ हजार १ सय ११ रुपैँया आश्रमलाइ सहयाेग गरे ।

    उनले जन्मदिनमा हाेटलहरुमा पुगेर अनावश्यक खर्च गरेर खानपिन गर्नेबानी परिवर्तन गरेर नयाँ कल्चरको थालना नगरसभापति खेलराज पाण्डेबाट भएको भन्दै सबैले यसलाइ अगाडी बढाउनुपर्ने बताए । 

    बुटवल उद्योग बाणिज्य संघका महासचिव समेत रहेका समाजसेवी भट्टराई अन्य बिभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा छन् ।  

    मावन सेवा आश्रममा हाल १५७ जना सडक मानव  रहेको आश्रमका संरक्षक तथा भवन निर्माण समितिका संयोजक लोकनाथ भूसालले बताए।  । उनले २०७८ साल भित्रमा नेपाललाई सडक मानव मुक्त राष्ट्र घोषणा गर्ने योजना सहित काम अगाडि बढाईएको बताए । हालसम्म आश्रममा आएका मध्ये १४८ जनालाई पारिवारिक पुनःमिलन समेत गराईसकिएको उनले बताए ।

    शुभकामना व्यक्त गर्दै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनाल लगायतले मानवता प्रवद्र्धनको अभियानमा सबैको सहयोग हुनुपर्ने धारणा राखेका थिए ।help manab sewa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology