बुटवल,चैत्र १०-
प्रतिनिधिसभाका सांसदहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा विरोध जनाएका छन् । मंगलबार बसेको बैठकको शून्य समयमा बोलेका उनीहरूले भारतले नेपालको थप भूमी मिचेको बिषयमा कुरा उठाएका हुन् ।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र जिप छिरिङ लामाले भारतले अतिक्रमण गरेको भूभागको प्रकाशित नक्सा संसदबाट पारित गर्ने तर सीमा अतिक्रमण हुँदा सरकार किन मौन रहेको भन्दै प्रश्न गरेका छन् ।
मंगलबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
अर्को बैठक चैत १८ गते बुधबार दिनको १ बजे बस्ने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)