बुटवल भदाै २७-
रोटरी क्लव अफ लुम्बिनी स्टार्स तथा पार्टनर क्लव रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सले सयुक्त रूपमा आयुर्बेदिक औषधी हस्तान्तरण गरेको छ ।
बुटवल १२ तामनगर स्थित कोरियन टेक्निकल कलेजको काेरोना आईसोलेसन हस्पिटलमा रहेका २३ जना कोरोना पोजेटिभ व्यक्तिहरूलाई बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले आयुर्बेदिक औषधी हस्तान्तरण गर्नुभएको थियो ।
क्लवका अध्यक्ष बालकृष्ण पाण्डेले आईसोलेसनमा रहेका बिरामीहरूको सिघ्र स्वास्थलाभको कामना गर्दै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरसका कारणले कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आयुर्बेदिक औषधी वितरण गरिएको बताउनुभयो ।
अध्यक्ष पाण्डेले बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी तथा वडा नं १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई औषधी हस्तान्तरण गर्नु भएको हो ।
बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले हरेक सामाजिक संस्थाहरूले सहयोग गरिरहेका स्मरण गराउदै रोटरी क्लव अफ लुम्बिनी स्टार्सले गरेको सहयोग फरक र अतुलनिय रहेको र हरेक कार्यक्रममा सधै सहकार्य समेत रहने बताउनुभयो ।
कार्यक्रममा बुटवल १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदी र क्लवका संस्थापक अध्यक्ष यादव भण्डारी लगायतले शुभकामना राखेका थिए ।हरेक दिन आईसोलेसनमा रहेकाहरूलाई योग समेत गराईएको छ । कार्यक्रममा क्लवका सचिव बिक्रम क्षेत्री, कोषाध्यक्ष ध्रुब कोईराला तथा रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बिमल ढकालको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष बालकृष्ण पाण्डेको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी प्रमुख आथित्यता तथा योगगुरू बिष्णु आचार्यको संचालनमा सम्पन्न भएको हो । रोटरी क्लव अफ लुम्बिनी स्टार्स रोट्रयाक्ट क्लवका पुर्व अध्यक्षहरूको सहभागिता स्थापना भएको क्लव हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)