बुटवल,भदौ १३ ।
नेपाल आइडल सिजन-३ की विजेता सज्जा चौलागाईं भएकी छन्। शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन्।
दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ। सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन्।त्यस्तै प्रवीण बेडवाल फर्स्ट रनर अप भएका छन्। उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन्।
सेकेन्ड रनर अप भएका किरण कुमार भुजेलले ५ लाख रूपैयाँ पुरस्कार पाएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)