Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकारले उपचारका लागि दिने १० लाख रुपैयाँ नवीन्द्रराज जोशीको परिवारले नलिने

सरकारले उपचारका लागि दिने १० लाख रुपैयाँ नवीन्द्रराज जोशीको परिवारले नलिने

  • 2.1K
    SHARES

  • सरकारले उपचारका लागि दिने १० लाख रुपैयाँ नवीन्द्रराज जोशीको परिवारले नलिने

    बुटवल,चैत ८ -

    नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन् ।

    नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको परिवारले उक्त रकम नलिने बताएको जानकारी दिए । उनले भने,-‘उहाँको परिवार नलिने घोषणा गर्नुभएको छ ।’

    गत फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो । उनको अहिलेसम्म होस खुलेको छैन र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology