बुटवल,चैत्र ८-
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा आज विहान बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अबस्था गम्भीर छ ।
सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सन्धिखर्क आउदै गरेको लु१ज ४५३८ नम्वरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
३ जना मध्ये गम्भीर अबस्थाका सन्धिखर्क ९ अर्घाका ४२ बर्षिय चालक ठग बहादुर घर्ती र ६६ बर्षिय सिता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो ।
अर्का १८ बर्षिय विजय खत्रीको अस्था सामान्य रहेको छ । उनको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ ।
जिपमा सबार यात्रु सुरज खनालका अनुसार साढे ३ बर्षको बच्चा सहित ६ जना जिपमा सवार थिए । जिपमा सबार ६ जना यात्रु मध्ये ३ जना गाडी दुर्घटना हुन थालेपछि गाडीबाट फुंगालेर सुरक्षित अबस्थामा रहेका छन् । उनीहरुको अबस्था सामान्य छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)