बुटवल,चैत्र ८-
गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्टको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे मनोनित भएका छन् ।
फाउण्डेसन संचालक समितीको चैत्र ३ गतेको निर्णय बमोजिम फाउण्डेसनले लुम्बिनी प्रदेश संयोजकमा नेपाली काँग्रेस बुटवल नगर सभापति समेत रहेका पाण्डेलाइ मनाेनित गरेको हाे ।
२ बर्षको कार्यकालका लागि उनी मनाेनित भएका हुन् ।
‘यस फाउण्डेसनको विधानमा उल्लेखित लक्ष्य तथा उदेश्यहरु प्राप्ती गर्ने सम्बन्धमा तपाई र तपाईको संयोजकत्वमा रहने प्रदेश समितीका सदस्यहरु, इमान्दार तथा कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु । तपाई र तपाईको समितीको सफल कार्यकालको हार्दिक शुभकामना समेत व्यक्त गर्दछु ।’
गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाद्वारा हस्ताक्षरित मनाेनयन पत्रमा उल्लेख गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)