Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मनकामना बहुउद्धेश्यीय युवा क्लवले बुटवलमा नगर स्तरिय बुद्धिचाल प्रतियोगिता गर्ने

मनकामना बहुउद्धेश्यीय युवा क्लवले बुटवलमा नगर स्तरिय बुद्धिचाल प्रतियोगिता गर्ने

  • 4.0K
    SHARES

  • मनकामना बहुउद्धेश्यीय युवा क्लवले बुटवलमा नगर स्तरिय बुद्धिचाल प्रतियोगिता गर्ने

    बुटवल,चैत्र ७-

    बुटवल २ मा रहेको मनकामना बहुउद्धेश्यीय युवा क्लवको आयोजनामा बुटवलमा नगर स्तरिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बुटवल २ को वडा कार्यालयमा चैत्र १२ देखि १४ गतेसम्म प्रतियोगिता हुने आयोजकले बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

    पत्रकार सम्मेलनमा युवा क्लवका अध्यक्ष चेतन ठाडा मगरले प्रतियोगितामा  प्रथम पुरस्कार ११ हजार १११ दोश्रो पुरस्कार ७ हजार  ७७७ र तेश्राे पुरस्कार ५ हजार ५५५ र मेडल र प्रमाणपत्र रहने बताए ।

    बुटवलका १९ वडाबाट ३८ खेलाडीको सहभागिता रहने र बिधागत पुरस्कार समेत राखिएको उनले बताए । उनले उत्कृष्ट महिला पुरस्कार २ हजार २२२ र सान्त्वना पुरस्कार ७ जनालाइ १ जार १११ दिइने बताए ।

    ३ लाख खर्चमा खेल संचालन गरिने र यसलाइ निरन्तरता दिइने आयोजकको भनाइ छ । कार्यक्रममा कार्यक्रम संयोजक सुधिर पुन,सचिब बिकेक थापा,कोषाध्यक्ष अनिल थामीले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology