Logo बुधवार, श्रावण १३ गते २०८३
images

भैरहवाका घनश्यामको हत्या अभियोगमा ४ जना युवा पक्राउ

भैरहवाका घनश्यामको हत्या अभियोगमा ४ जना युवा पक्राउ

  • 3.0K
    SHARES

  • भैरहवाका घनश्यामको हत्या अभियोगमा ४ जना युवा पक्राउ

    बुटवल,चैत ६ ।

    रुपन्देहीको सिद्धार्थनगरमा एक युवाको हत्यामा संलग रहेको आशंकामा ४ जना  पक्राउ गरेका छन् । सिद्धार्थनगर नगरपालिका ९ बस्ते घनश्याम कोईरीको हत्या अभियोगमा प्रहरीले शुक्रबार युवाहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षिय रहेमान अली, २६ वर्षका सुनिल गुरुङ, २८ वर्षिय मुख्तार पठान र सिद्धार्थनगर नगरपालिका १२ बस्ने २१ वर्षका धर्मराज अहिर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतकको सब विहिबार साझ जिल्लाको ओमसतिया गाउँपालिका–४ परासी भैरवा सडकदेखि उत्तरतर्फको गहुँ खेतमा फेला परेको थियो ।

    अनुहार प्रष्ट नचिनिने गरी गलेको अवस्थामा रहेको सबका बारेमा अनुन्धान जारी राखेको प्रहरीले परिवारसँग सम्पर्क गरी पहिचान गरे लगत्तै हत्या आरोपीहरुलाई पक्राउ गरेको हो ।मृतकका श्रीमतीले यसअघि खोजी गरिदिन प्रहरीमा रिपोर्ट गरेका आधारमा सब पहिचान गर्न सफल भएको थियो ।

    ८ महिना अगाडी स्थानीय सुनिल गुरुङ र कोईरीको परिवार बीच झगडा भई मित्रापत्रसमेत गरिएको तथा आरोपीत ४ जना नै लागु–औषध दुर्व्यसनीमा संलग्न रहेको आधारमा प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

    मृतक र आरोपित बीच समय समयमा सामान्य विवावद हुने गरेको तथा लागूऔषध खाइसकेपछि विवाद उत्पन्न भई हत्या भएको प्रारम्भीक अनुन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology