Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रिद्धिसिद्धि फुटसल प्रतियोगितामा चरङे एफसीको विजयी शुरुवात

रिद्धिसिद्धि फुटसल प्रतियोगितामा चरङे एफसीको विजयी शुरुवात

  • 3.4K
    SHARES

  • रिद्धिसिद्धि फुटसल प्रतियोगितामा चरङे एफसीको विजयी शुरुवात

    बुटवल,चैत ६-

    रुपन्देहीमा जारी रिद्धिसिद्धि फुटसल प्रतियोगिता २०२१ को पहिलो दिन चरङे एफसीले विजयी शुरुवात गरेको छ ।

    सनराईज स्पोर्ट्स तिलोत्तमाको आयोजनामा भलबारीस्थित सनराईज स्पोर्ट्स फुटसल एरिनामा भएको चरङे एफसीले एभेन्जर एफसी काठमाण्डौलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

    यसैगरि पहिलो दिनको खेलमा इमा एफसीले मनकामना एफसीलाई २–१ गोल, प्ले अनले शान्ति नमुना एफसीलाई ३–१ गोल, कुमारी एफसीले स्मृति एफसीलाई ४–१ गोल, लुम्बिनी एफसीले सनराईज एफसी ए लाई ३–२ गोल, ईन्टर एफसीले सनराईज एफसी बि लाई ४–३ गोल, ईडुराईज एफसी चितवनले रिद्धिसिद्धि एफसी बि लाई ६–० गोल तथा रिद्धिसिद्धि ए ले ह्याप्पी एफसीलाई १०–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।

    शनिबार क्वाटरफाईनल खेलमा चरङे एफसी र प्ले अन, इमा एफसी र कुमारी एफसी, लुम्बिनी एफसी र ईडुराईज एफसी चितवन तथा रिद्धिसिद्धि ए र ईन्टर एफसीका बिचमा खेल हुने संयोजक राजेन्द्र केसीले बताए । प्रतियोगिताका उपाधि विजेतालाई नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

    यसैगरि प्रतियोगितामा बेष्ट गोलकिपर, हाई स्कोरर र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयासहित मेडल, कपबाट पुरस्कृत गरिने उनले बताए ।

    प्रतियोगितामा काठमाडौं, चितवन, रुपन्देहीका स्मृति स्पोर्ट्स क्लब, युनिक फुटसल, ईन्टर स्पोर्ट्स क्लब, चरङे, लुम्बिनी फुटसल, एभेन्जर फुटसल क्लब लगायत १६ टिमको सहभागिता रहने सहसहयोजक सचिन घिमिरेले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, चैत्र ६ २०७७०७:२६:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology