Logo बिहिवार, आश्विन १ गते २०८३
images

पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित

पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित

  • 2.6K
    SHARES

  • पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित

    बुटवल,चैत ५- 

    पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित भएका छन् ।

    प्रालिका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्बसम्मत निर्वाचित गर्नुका साथै प्रालिको प्रवन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पिएसलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

    प्रालिको नियमावली अनुसार गत फागुन २९ गते ११ जना सञ्चालकहरुको निर्वाचन भएको थियो ।सञ्चालकहरुको बैठकले पदाधिकारीहरुको चयन गर्नुका साथै निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण यातायात ब्यवसायी निर्वाचन समिति प्रालिका कर्मचारी, सुरक्षाकर्मी सञ्चारकर्मी सबैलाई धन्यवाद तथा आभार ब्यक्त गर्ने निर्णय गरेको नवनिर्वाचित कोषाध्यक्ष मोहन पिएसले जानकारी दिए ।

    बैठकले पछिल्लो एक वर्षयता देखिएको समस्या समाधान र निरन्तर रुपमा इन्धनको मूल्य बढ्दासमेत सरकारले ब्यवसायीसंग यसअघि वैज्ञानिक भाडादर कायम गर्ने गरिगरेको सम्झौता कार्यान्वयनका लागि पहल गर्ने निर्णयसमेत गरेको कोषाध्यक्ष पिएसले बताए ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सरकारले यातायात व्यवसायीहरुको अभिभावकको रुपमा जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।

    मन्त्री चौधरीले यातायात क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले व्यवसायीहरुको साथ र सहयोगको अपेक्षा गरेको बताए ।मन्त्री चौधरीले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको ब्यवहार सुधार आवश्यक रहेको बताउँदै व्यवसायीहरुले नै यातायात क्षेत्र सुरक्षित र आरामदायि छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए ।

    कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले सरकारले ब्यवसायीहरुलाई संकटको बेलामा समेत सहि ढंगले अभिभावकत्व दिन नसकेको गुनासो गरे ।

    खरेलले आफू जहिले पनि यातायात ब्यवसायीहरुको हितको पक्षमा रहेको बताउँदै आगामी दिनमा सबैलाई समेटेर प्रालिलाई अगाडि बढाउने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology