बुटवल,चैत ४-
लायन्स क्लव अफ बुटवल सिद्धबाबाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलको रक्तसंचार केन्द्रमा आयोजित कार्यक्रममा ७५ युनिट रगत संकलन भएको अध्यक्ष ठाकुर आचार्यले बताउनुभयो ।
कार्यक्रममा पिडिजी एफजेएफ महेन्द्र नारायण श्रेष्ठ,पूर्व अध्यक्षहरु योेगेश घिमिरे,गणेश भट्टराइ कार्यक्रम संयोजक नारायण तिवारी ,प्रथम उपाध्यक्ष ज्योति भण्डारी लगायतले बोल्नुभएको थियो । त्यस्तै क्लवले आवजै चार्टर सेरोमोनि समेत मनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)