Logo बिहिवार, आश्विन १ गते २०८३
images

श्रेष्ठको पार्थिव शरीरमा नेपाली काँग्रेसले झण्डा ओढायाे,अन्तिम श्रद्धाञ्जलीमा नेताहरूको भीड

श्रेष्ठको पार्थिव शरीरमा नेपाली काँग्रेसले झण्डा ओढायाे,अन्तिम श्रद्धाञ्जलीमा नेताहरूको भीड

  • 6.8K
    SHARES

  • श्रेष्ठको पार्थिव शरीरमा नेपाली काँग्रेसले झण्डा ओढायाे,अन्तिम श्रद्धाञ्जलीमा नेताहरूको भीड

    बुटवल,चैत ४-

    बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठको पार्थिव शरिरमा नेपाली काँग्रेसले झण्डा ओढाएको  छ ।बुटवल ६ का स्थायी बासिन्दा श्रेष्ठको आज बिहान  साढे ३ बजे निधन भएको हाे । स्व. श्रेष्ठलाइ पार्टीको झण्डा ओढाएर सम्मान गरिएको हाे ।

    श्रद्धाञ्जली कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यहरू डा. चन्द्र भण्डारी,धनराज गुरूङ गुरूराज घिमिरे,रूपन्देही जिल्ला सभापति अब्दुल रज्जाक,पुर्व सभापति रामचन्द्र ढकाल,महासमिति सदस्य युवराज गिरी, राम बहादुर कार्कि,बाल कुमारि भण्डारी,चित्र के सि, नगर सभापति खेलराज पाण्डेय,देवदहका मेयर  हिरा के सी,महाधिवेशन प्रतिनिधि चिरन्जिवि पौडेल,जिल्ला सदस्यहरू रामेश्वर श्रेष्ठ, जनक कोईराला, हरि तिवारी, महेशमान सिँह,चिरन्जिवि जोशि,नगर उप सभापति बिमलराज भट्टराई,नगर सचिव ज्योति भण्डारी, उधोग बाणिज्य सॅघका अध्यक्ष उज्वल कसजु लगायतको उपस्थिति रहेको थियो  ।

    श्रेष्ठ बुटवलका प्रतिष्ठित ब्यवसायी हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पुर्व अध्यक्ष , सिद्धार्थ गौतमबुद्ध क्याम्पस व्यवस्थापन समितिका अध्यक्षलगायका संघसंस्थामा श्रेष्ठले लामो समय नेतृत्व गरेका थिए ।

    उनका एक श्रीमती दुई छोरा र २ छोरी छन् । मृतक श्रेष्ठ सुरेन्द्रप्रसाद श्रेष्ठका पिता हुन् ।

    बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठको निधन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology