Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चितवनकाे शक्तिखोरस्थित सिंहनाथ गणका दुई सैनिकको करेन्ट लागेर मृत्यु

चितवनकाे शक्तिखोरस्थित सिंहनाथ गणका दुई सैनिकको करेन्ट लागेर मृत्यु

  • 3.7K
    SHARES

  • चितवनकाे शक्तिखोरस्थित सिंहनाथ गणका दुई सैनिकको करेन्ट लागेर मृत्यु

    बुटवल,भदौ २७ । 

    चितवनमा दुई जना सैनिकको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो।

    गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

    रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए। सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो। सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, भाद्र २७ २०७७०२:५४:४१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology